काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

2.54K
shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको चलचित्र विधेयक आजको आवश्यकताअनुसार नै बन्ने बताएका छन ।

आज चलचित्र विकास बोर्डद्वारा राष्ट्रपति कार्यालयमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह’ मा मन्त्री गुरुङले राष्ट्रियसभामा प्रस्तुत गरिएको विधेयकलाई सबैको सल्लाह र परामर्शमा आजको आवश्यकताअनुसार ल्याउने बताए।

उनले भने, “अहिले हामीले चलचित्र विधेयक प्रस्ताव गरेका छौँ, त्यो ऐन बन्ने प्रक्रियामा अगाडि बढ्दै गर्दा चलचित्रकर्मीले खोज्नुभएको जस्तो र आजको आवश्यकताअनुसार कै आउँछ । त्यसमा प्राप्त सबैका सल्लाहअनुसार हामी चलचित्र ऐन ल्याउने छौँ ।”

उनले चलचित्रका माध्यमले नेपालको सुन्दरता, सांस्कृतिक विविधतालाई प्रचारप्रसार गर्न सकिनेमा जोड दिए । यसका साथै, चलचित्रलाई उद्योगको रुपमा बढाउन सकेमा त्यसले कूल गार्हस्थ्य उत्पादनमा समेत योगदान दिन सक्ने उनको भनाइ छ ।

“चलचित्र उद्योगको रुपमा राम्रोसँग अगाडि बढ्न सके त्यसले प्रचारसँगै रोजगारी सिर्जना गर्छ । यसले हाम्रो अर्थतन्त्रमा योगदान दिएर समृद्ध बनाउन योगदान दिनसक्छ । स्टुडियो निर्माणको सुरुआत, चलचित्र ऐनलगायत हामीले सुरू गरेको कामले विस्तारै चलचित्रलाई उद्योगको रुपमा स्थापित गर्न मदत गर्ने विश्वास छ”, मन्त्री गुरुङले भने ।

चलचित्र विकास बोर्डद्वारा आयोजित उक्त कार्यक्रममा चलचित्र दीर्घसाधना सम्मान, चलचित्र पुरस्कार प्रदान गर्नुका साथै चलचित्र क्षेत्रमा योगदान दिएका १० जनालाई सम्मान र एक जना प्राविधिकलाई मरणोपरान्त सम्मान गरिएको थियो ।