काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जमानीमा छुटेका अध्यक्ष साहले भने : मलाई फसाउन खोजियो

2.08K
shares

जनकपुर । किर्ते हस्ताक्षर मुद्दामा हाजिरी जमानीमा छुटेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले आफूलाई फसाउन प्रशासनिक संयन्त्र लागि परेको आरोप लगाएका छन् ।
करीब ६ दिन धनुषा प्रहरीको हिरासतमा बसेपछि हाजरी जमानीमा रिहा भएका साहले सोमबार (आज) पत्रकार सम्मेलन गर्दै आफूलाई प्रशासनिक संयन्त्रले नै फसाउने प्रपञ्च रचेको आरोप लगाएका छन् ।

उनले धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आर्थिक प्रलोभन दिएर आफ्नो मान्छेलाई बृहत्तरमा राख्न दिएको दवाब अस्वीकार गरेपछि झुठो प्रपञ्च रचेर फसाउन खोजेको बताए ।

साहले भने ‘किर्ते हस्ताक्षर मैले गरेको छु भनेर समाचार बाहिरियो तर विधि विज्ञान प्रयोगशालाको रिपोर्टले आफूले त्यो हस्ताक्षर नगरेको प्रमाणित गरेको छु ।’ साहले आफूले हस्ताक्षर नगरेको दावी गरिरहँदा विधि विज्ञान प्रयोगशालाको रिपोर्टको विषयमा अदालतले केही भनेको छैन भने त्यो रिपोर्ट बाहिर समेत सार्वजनिक गरिएको छैन् ।

बृहत्तरका निर्देशक वैद्यनाथ पासवानले अध्यक्ष साहले किर्ते हस्ताक्षर गरेको आरोप लगाउँदै गत वर्ष चैत २८ गते अदालतमा मुद्दा दर्ता गराएका थिए ।

पासवानले दर्ता गरेको मुद्दाकै आधारमा २०८२ वैशाख २५ गते बृहत्तरका अध्यक्ष साहविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

पक्राउ पूर्जी जारी भएको केही महिनासम्म फरार रहँदै आएका साहलाई प्रहरीले केही दिन अगाडी मात्रै नियन्त्रणमा लिएको थियो । यद्यपि साहले आफूले यो विषयमा अनुसन्धानमा सघाउने अभिप्रायले आत्मसमर्पण गरेको दावी गर्दै आएका छन् ।