गृहपृष्ठ विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड
विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड
विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँड गरिएको छ ।
क्यापिटलका अनुसार २१ लाख २० हजार ८७५ जनाले २ करोड ५६ लाख २७ हजार ११० कित्ता आईपीओका लागि आवेदन दिएका थिए । कम्पनीले असार १८ देखि २२ गतेसम्म २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
प्रकाशित समय : १०:५७ बजे


















