काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई महिनामा सुर्खेतमा छ किलोग्राम लागुऔषध बरामद, ९४ जना पक्राउ

2.27K
shares

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले भने,“यो दुई महिनाका अवधिमा हामीले करिब सात किलोग्राम लागुऔषध बरामद गर्नुका साथै पाँच महिला र ३९ पुरुष गरी ४४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छा ।” उनका अनुसार दुई महिनाका अवधिमा लागुऔषध ९ब्राउन सुगर० ३५ ग्राम ३४० मिलीग्राम, चरेस १७ ग्राम ३६० मिलीग्राम, अफिम पाँच किलोग्राम ५४० ग्राम, गाँजा दुई सय ४० ग्राम र तीन सय ६२ वटा टयाब्लेट बरामद गरिएको छ ।

त्यस्तै जुवातासमा २१ जना पक्राउ, सामाजिक सदाचार तथा वेश्यावृत्ति कसुरमा तीन होटल सञ्चालक, १२ पुरुष, १२ महिला र एक जना एचआइभी सङ्क्रमित महिला पक्राउ परेको प्रहरी उपरीक्षक शाहीले बताए ।