global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा

प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा

प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा

प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आएको छ । दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन यहाँ आएको हो ।

आज बिहान ११ बजे उहाँलाई चन्द्रगढी विमानस्थलमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का कोशी प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले स्वागत गरेको छ ।

प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने नेकपा एमाले जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले आजै बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुका साथै कन्काई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जा वितरण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले आजै इलाम जिल्लाको माई नगरपालिकाका अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाको धनीपुर्जा वितरण गर्ने र माई नगरपालिकामा रहेको नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले बताए ।

असार २९ गते दमक नगरपालिकास्थित कृष्ण मन्दिरबाट उत्तरपूर्वतर्फको मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन र बिर्तामोडको सिटीसेन्टरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गरेपछि काठमाडौँ फर्किने कार्यक्रम रहेको गिरीले जानकारी दिए ।

प्रकाशित समय : १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु