global ime bank Long Banner Ad

गृहपृष्ठ जग्गा किर्तेमा संलग्न नेकपा एसका वडाअध्यक्ष पक्राउ

जग्गा किर्तेमा संलग्न नेकपा एसका वडाअध्यक्ष पक्राउ

जग्गा किर्तेमा संलग्न नेकपा एसका वडाअध्यक्ष पक्राउ

जग्गा किर्तेमा संग्लग्न नेकपा एसवाट निर्वाचित वडा अध्यक्ष पक्राउ परेका छन् ।

धुनीवेशी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिबार बिहान काठमाडौँको कलङ्कीबाट प्रहरीले पक्राउ गरेको हो ।

डा. अध्यक्ष सुवेदी माथी ले सार्वजनिक किर्ते मुद्दा लागे पछि बिगत ७ महिनादेखि फरार रहेका थिए । उनले उमेर नपुगेको नाबालकलाई उमेर पुगेको देखाई झुटो जन्म दर्ता प्रमाणपत्र तयार पारिदिएका थिए । वडा अध्यक्षको संलग्नताले बनाइदिएको नागरिकताको आधारमा नागरिकता बनाई त्यसको प्रयोग गरी जग्गा बिक्री गरेको खुले पछि सोही अभियोगमा जिल्ला अदालत धादिङमा वडा अध्यक्ष सुबेदी माथी मुद्दा दर्ता भएको थियो ।

प्रहरीको खोजी सूचीमा रहेका सुवेदीलाई काठमाडौंमा पक्राउ गरेपछि थप अनुसन्धानका लागि धादिङ लगिएको छ । सुवेदी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट तथा २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भई वडा अध्यक्षको रूपमा कार्यरत थिए ।

प्रकाशित समय : १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु