बङ्गुरका पाठापाठी बेचेर वार्षिक बाह्र लाख आम्दानी
वि.सं.२०८२ असार २६ बिहीवार १२:२५
shares

यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएको छ । चौधरीको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बङ्गुर छन् । फार्मबाट वार्षिक ३० लाख बराबरको बङ्गुरका पाठापाठी बिक्री हुन्छ ।
खर्च कटाएर औसतमा वार्षिक १२ लाख आम्दानी हुने गरेको जानकारी दिए । व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रै हुन थालेको बङ्गुरको पाठापाठी हुर्काएर बिक्री गर्ने उमेर पुग्न करिब एक महिना लाग्छ । एउटा पाठा वा पाठी छ हजारमा बिक्री गर्ने र ङ्गुरपालनबाट गरेको कमाइले गाउँमा इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको उनले बताए । “बङ्गुरपालन राम्रै फापेको छ”, उनले भने, “यो व्यवसायको कारोबार बढ्दै गयो र फाइदा हुँदै गयो, अहिले गाउँमा सानो इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको छु, जसबाट घर परिवारका सदस्यले काम पाए ।”
चौधरीले धनगढीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यसै वर्ष ९० हजार अनुदान प्राप्त गरेको छ । अनुदान रकमले व्यवसाय गर्न अझै सहज भएको बताए । उनले सफल कृषकका रुपमा समेत पुरस्कृत भइसकेको छ ।
सुरुका वर्षमा मासु बिक्री गरेका मासुका लागि बजार नपाएपछि पाठापाठी बिक्री गर्न थालेको बताए । किसानलाई व्यवसाय सहजताका लागि सरकारी तवरबाट कोल्डस्टोर, बधशाला स्थापना गरिदिए अझै सहज हुने उनको भनाइ छ ।

























