गृहपृष्ठ अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्ने
अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्ने
आज अर्थ समितिको बैठक दुई दुई पटक बस्दैँछ । संघीय संसद अन्तर्गतको सो समितिको बैठक एकै दिन दुई पटक बस्न लागेको हो ।
जसअनुसार पहिलो सत्रको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गरिनेछ ।
उता दोस्रो सत्रको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल गरिनेछ । जुन बैठक दिउँसो १ः०० बजे बोलाइएको छ।
प्रकाशित समय : ०७:०४ बजे



















