global ime bank Long Banner Ad

गृहपृष्ठ संसदीय समितिमा आयोडिन नुनको गुणस्तर बारेमा छलफल हुने

संसदीय समितिमा आयोडिन नुनको गुणस्तर बारेमा छलफल हुने

संसदीय समितिमा आयोडिन नुनको गुणस्तर बारेमा छलफल हुने

संघीय संसद अन्तर्गतका ५ वटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । जुन बैठकमा हाल उपभोगमा रहेको आयोडिनयुक्त नुनको गुणस्तर तथा यसको सहज र सर्वसुलभ आपूर्ति एवं वितरणका सम्बन्धमा छलफल गरिने भएको छ ।

उता, सार्वजनिक लेखा समितिको बैठकमा भने २३औं वार्षिक प्रतिवेदन उपर छलफल गर्ने र पारित गर्ने योजना रहेको छ । सो समितिको बैठक पनि दिउँसो १ः०० बजे बस्नेछ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । सो छलफल दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।

कानुन, न्याय तथा मानव अधिकार समितिमा नेपाल कानुन ब्यावसायी परिषद ९दोस्रो संसोधन० २०८१ को सबन्धमा कानुन ब्यावसायी परिषदसँग छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।

आजै अर्थ समितिका बैठक पहिलो र दोस्रो सत्र गरी दुइ दुइ पटक बस्नेछ । बिहान ११ः०० र दिउँसो १ः०० बजे गरी सो बैठक बस्नेछन् ।

प्रकाशित समय : ०७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु