global ime bank Long Banner Ad

गृहपृष्ठ निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता कार्य स्थगित

निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता कार्य स्थगित

निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता कार्य स्थगित

आगामी कात्तिक १७ गते उपनिर्वाचत तोकिएसँगै मतदाता नामावली दर्ता कार्य स्थगित भएको छ । रुपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको रिक्त पदका लागि उपनिर्वाचन गर्ने आयोगले निर्णय गरेसँगै मतदाता नामावली दर्ता कार्य स्थगित गरेको हो ।

हाल नियमित रूपमा निर्वाचन कार्यालयबाट भइरहेको मतदाता नामावली दर्ता सम्बन्धी कार्य मंगलबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको आयोगका सहसचिव एवम प्रवक्ता नीता पोखरेलले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएकी हुन् ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ को खण्ड २ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि उक्त निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था छ ।

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु