गृहपृष्ठ बेलायतमा भूपेन्द्रलाई स्वर्ण र सुदेनलाई रजत
बेलायतमा भूपेन्द्रलाई स्वर्ण र सुदेनलाई रजत
नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङले पदक जितेका छन् । बेलायतको चेल्टेनह्याममा भएको प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण र सुदेनले रजत जितेका हुन् ।
भुपेन्द्रले ट्रेडिसनल चाइनिज फममा २६.७ , ट्रेडिसनल वेपनमा २७ र ट्रेडिसनल क्रिएटिभ फममा २६.८ अंक जोड्दै स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् ।
भूपेन्द्रले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।
प्रकाशित समय : १६:४९ बजे



















