काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जनकपुरधाममा सुनचाँदी व्यवसायीहरुद्वारा विरोध र्याली

3K
shares

जनकपुर । जनकपुरधामसहित धनुषाका सुनचाँदी व्यवसायीहरुले विरोध र्याली निकालेका छन् ।

सरकारले लगाएको २ प्रतिसत विलासीता करको विरुद्धमा उनीहरुले विरोध स्वरुप जनकपुरधाममा र्याली निकालेका छन् ।

केही दिन पहिला सरकारले सुनचाँदी व्यवसायीहरुको माग सम्बोधन गर्ने आश्वासन दिएपनि कुनै वास्ता नगरेको भन्दै पुनः आन्दोलन गर्न बाध्य भएको सुनचाँदी व्यवसायी महासंघ जनकपुरधामका उपाध्यक्ष राजिव कुमार साहले जानकारी दिए ।

उनले महासंघको देशव्यापी चरणवद्ध आन्दोलन गर्ने निर्णय भएबामोजिम जनकपुरधामका व्यवसायीहरुले पनि आज र्याली निकालेको बताए ।

उपाध्यक्ष साहका अनुसार आफूहरु स्वयमका लागि नभएर उपभोक्ताहरु मारमा नपरोस भनेर विरोधमा उत्रिन बाध्य भएका हुन । सरकारको २ प्रतिसत बिलासीता करले नेपाल भन्दा भारतमा सुनचाँदी सस्तो हुन जाने र यसले गर्दा यहाँका उपभोक्ताहरु भारत गएर सुनचाँदी खरीद गर्ने उपाध्यक्ष साहले बताए ।

उनले यहाँका व्यवसायीहरु पलायन हुने अवस्था सृजना हुनसक्ने भएकाले सरकारले २ प्रतिसत बिलासीता कर खारेज गर्नु पर्ने माग गरे । सरकारले बिलासीता कर खारेज नगरुनजेल आफूहरु पसल बन्द राख्ने र प्रत्येक दिन विरोध गरिरहने उनले चेतावनी समेत दिए ।