गृहपृष्ठ प्रभु इन्स्योरेन्सको बोनस सेयर घोषणा
प्रभु इन्स्योरेन्सको बोनस सेयर घोषणा
प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने बोनस सेयर घोषणा गरेको छ।
आइतबार बसेको कम्पनी सञ्चालक समिति बैठकले सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो।
नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो दरमा बोनस सेयर वितरण गरिनेछ।
प्रकाशित समय : ११:११ बजे



















