स्वस्तिक लघुवित्तले पायो धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति
वि.सं.२०८२ असार ५ बिहीवार १५:३६
shares

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई चुक्तापुँजीको ४० प्रतिशत रकमबराबरको साधारण सेयरको सार्वजनिक निष्कासन गर्ने अनुमति दिएको हो ।
अब स्वस्तिक लघुवित्तले २ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ। जसअनुसार संस्थाले २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ।
हाल स्वस्तिक लघुवित्तमा संस्थापक सेयरधनीको ६० प्रतिशतले हुन आउने ३ करोड ४६ लाख ५० हजार रुपैयाँबराबरको सेयर स्वामित्व रहेको छ।

























