global ime bank Long Banner Ad

गृहपृष्ठ स्कटल्याण्डले नेदरल्याण्ड्सलाई दियो ३७० रनको लक्ष्य

स्कटल्याण्डले नेदरल्याण्ड्सलाई दियो ३७० रनको लक्ष्य

स्कटल्याण्डले नेदरल्याण्ड्सलाई दियो ३७० रनको लक्ष्य

आइसिसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा घरेलु टिम स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३ सय ७० रनको लक्ष्य दिएको छ ।

फोर्थहिल ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६९ रन बनायो ।

उसका लागि ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे । उनले १५० बलमा १४ चौका र ११ छक्काको मद्दतमा १९१ रनको पारी खेलेका हुन् । ओडिआईमा मुन्सेको यो करियरकै उच्च स्कोर हो ।

यस्तै, कप्तान म्याथ्यू क्रसले ५९, माइकल लिस्कले अविजित २८, चार्ली टिअरले २३ र ब्रेण्डन म्याकमुलेनले २१ विकेट लिए । नेदरल्याण्ड्सका लागि आर्यन दत्त र माइकल लेभिटले सर्वाधिक दुईरदुई विकेट लिए ।

जारी सिरिजमा स्कटल्याण्ड तेस्रो जितको खोजीमा छ । यस लिग–२ मा उसले १९ म्याच खेल्दा १२ मा जित, ९ मा हार तथा दुई खेलमा अंक बाँडेको छ । स्कटल्याण्ड अहिले तालिकाको तेस्रो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले २३ म्याच खेल्दासम्म १२ मा जित, ९ मा हार तथा दुई खेलमा अंक बाँडेको छ । नेपाल लिग–२ तालिकाको सातौं स्थानमा छ । नेपालले १६ म्याच खेल्दासम्म ९ मा हार, पाँच जित र दुई खेलमा अंक बाँडेको छ ।

प्रकाशित समय : २०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु