global ime bank Long Banner Ad

गृहपृष्ठ अवैध लागूऔषधसहित दुई जना पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका९२, नागढुङ्गाबाट प्रहरीले बिहीबार बिहान सिराहा, बिष्णुपुर गाउँपालिका९३ का २१ वर्षीय अमन यादवलाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो पदार्थ करिब २५ ग्रामसहित पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाको टोलीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र-०३-००१ ख ३५३७ नम्बरको बस जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, सुनसरीको धरान उपमहानगरपालिका-१६, जोरसखुवा भूमीपथबाट सोही ठाउँका ३४ वर्षीय रोहित बिष्टलाई बिहीबार दिउँसो अवैध लागूऔषध खैरो हेरोइनजस्तो पदार्थ करिब १.२ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

 

प्रकाशित समय : २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु