global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘हिमाल नेपालको गौरव र प्राकृतिक सम्पत्ति हुन्’

‘हिमाल नेपालको गौरव र प्राकृतिक सम्पत्ति हुन्’

‘हिमाल नेपालको गौरव र प्राकृतिक सम्पत्ति हुन्’ नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति(रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रोे पहिचान’ विषयक प्रदर्शनीमा राखिएका तस्बिर बुधबार अवलोकन गर्नुहुँदै । तस्बिरः नवीन पौडेल/रासस

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल नेपालीका लागि गौरव र महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति भएको बताएका छन ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनी अवलोकनपछि उनले नेपालका अमूल्य निधिकारुपमा रहेका हिमाललगायतका प्राकृतिक र सांस्कृतिक धरोहरको महत्वबारे युवा पुस्तालाई बुझाउन आवश्यक रहेको धारणा राखे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “राससले नयाँ ढङ्गले हिमाल र पहाडका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यस्थल चिनारी गराउन तस्बिर प्रदर्शनी गरेको छ, यो रचनात्मक र राष्ट्रहितका कार्य हुन भन्ने ठान्छु ।”

सोही पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले हिमालसहित बहुविधामा आधारित तस्बिर प्रदर्शनी आफैँमा सकारात्मक र रचनात्मक भएको प्रतिक्रिया दिए । हिमाल केन्द्रित प्रदर्शनी सूचना प्राप्ति र ज्ञान वृद्धिका हिसाबले महत्त्वपूर्ण रहेकाले युवा पुस्तालाई आफू, आफना पुस्ता, संस्कृति, गाउँ र देश चिनाउन आवश्यक रहेको उनले बताए ।

प्रचार विभाग प्रमुख गौतमले भने, “हामी कुन ठाउँबाट सङ्घर्ष गर्दै यो ठाउँमा आइपुगेका हौँ, हाम्रा सम्पदा, संस्कृति र भूगोल के हुन् ? भन्ने युवा पुस्तामा बुझ्ने तदारुकता कमजोर देखेको छु, उनीहरुका लागि यो प्रदर्शनी ज्ञान आर्जन गर्ने थलो हुन सक्छ ।”

आफ्नो राष्ट्रलाई बलियो र समृद्ध बनाएमा विदेशमा रहँदा बेग्लै सम्मान पाइने हेक्का राख्न युवा वर्गलाई उनले सुझाव दिए ।

त्यसैगरी प्रेस चौतारी नेपालका उपाध्यक्ष चेतन अधिकारीले तस्बिर प्रदर्शनीयले पर्वतीय पर्यटनबारे जान्न र प्रचारप्रसारमा टेवा पु-याउने उल्लेख गरे । उनले यस्ता प्रदर्शनीमा राखिएका तस्बिरबाट जलवायु सङ्कट अघिपछि पर्वतीय शृङ्खलाहरुको अवस्थाको अभिलेखीकरण हुने बताए ।

प्रकाशित समय : १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु