global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ३८ बीमकको स्थलगत निरीक्षण गर्यो प्राधिकरणले

३८ बीमकको स्थलगत निरीक्षण गर्यो प्राधिकरणले

३८ बीमकको स्थलगत निरीक्षण गर्यो प्राधिकरणले

चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ३८ वटा बीमकको स्थलगत निरीक्षण नेपाल बीमा प्राधिकरणले गरेको छ।

तथ्यांकअनुसार वैशाखसम्म प्राधिकरणले ४ जीवन बीमक, १३ निर्जीवन बीमक, ३ लघु जीवन बीमकमा गरी कुल २० पटक स्थलगत निरीक्षण गरेको छ।

प्राधिकरणका अनुसार, ५ जीवन बीमक, ४ निर्जीवन बीमक, २ पुनर्बीमक र १ लघु जीवन बीमकमा कुल १२ वटा आकस्मिक निरीक्षण गरेको छ। यो अवधिमा लघु निर्जीवन बीमकको कार्यालयमा भने प्राधिकरणले आकस्मिक निरीक्षण गरेको छैन।

बीमकको कारोबारमा चालु आर्थिक वर्षको १० महिनामा देखिएका जोखिम, कमजोर आन्तरिक नियन्त्रण प्रणाली, सम्पत्ति शुद्धीकरण र उजुरीको छानबिनका उद्देश्यले निरीक्षण गरिएको छ। प्राधिकरणले यो अवधिमा ६ जीवन बीमकको कार्यालयमा सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी विषयमा स्थलगत निरीक्षण गरेको छ।

प्रकाशित समय : १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु