गृहपृष्ठ सार्वजनिक यातायात बन्दको मौका छोपेर काठमांडौमा तेब्बर असुल्दै पठाओ र इन्ड्राईब
सार्वजनिक यातायात बन्दको मौका छोपेर काठमांडौमा तेब्बर असुल्दै पठाओ र इन्ड्राईब
Oplus_131072
सोमबार विहान चावाहिल चोकबाट पुतलिसडक सम्म पठाओ प्रयोग गरेर आएका एक युवाले अचम्म मान्दै भने आज त तेब्बर शुल्कमा परियो । सदा उनि ९० देखि ११५ रुपैंया सम्म बुझाउने गर्थे तर सोमबार २७५ रुपैंयाँ तिर्न बाद्य भएको सुनाउछन् । कामको आकस्मिकता बाट प्रभावित भएका उनि हतारमा आफ्नो गन्तब्य पुग्नतिरै केन्द्रित थिए । त्यस्तै नरेफाँटबाट कौसलटार आउदै गरेका एक व्यक्ति सँग हाम्रो भेट भयो ।
उनि पनि चालक सँग चर्को शुल्कका बारेमा संवाद गर्दै थिए । उनका अनुसार हिजो अस्ति ६५ देखि ७० , ७५ सम्म ओहोर दोहोर गरिरहेका उनले आज अनयासै १ सय ५५ रुपैंया तिर्दा अचम्मीत भए । उनिहरु दुई जना प्रतिनिधि उधारण मात्रै हुन , उनिहरु जस्ता हजारौं यात्रुहरु आज पठाओ र इन्ड्राइब बाट नमज्जाले ठगिएका छन् । राइड शेयरिङको विषयलाई लिएर सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएर सार्वजनिक यातायात ठप्प पारेपछि त्यसको मौकाको फाइदा पठाओ र इन्ड्राइले लुटिरहेको छ । यति सम्मकी दैनि २० रुपैंयाको खर्चमा हुने यात्रा आज कम्तिमा पनि ३०० रुपैंया सम्म पर्ने गरेको जनगुनासो छ ।
चुपचाप छ नियमनकारी निकाय
यसरी राइडरहरुले आँखा चिम्लिएर जनता ठगिरँहदा नेपाल सरकारको कुनै पनि निकायले त्यसबारे चासो राखेको छैन । मान्छेको आधारभुत आबश्यकताका नाममा लुटिने प्रविर्ती गलत भएको सरोकारवालाहरु बताउछन् । पठाओ र इन्ड्राइबले अहिले मात्रै होइन यिनिहरुले हरेक बाहानामा नमिठोगरी यात्रुहरु ठगिरहेका छन् । सामान्य मौसम बदली देखि चाडबाढ र मान्छेको थोरै भिड हुने कुनैपनि बहानामा उनिहरुले आफ्नो शुल्क दोब्बर बनाएर लुटिरहेका छन् । यसबारे सरकारको ध्यान कहिले पनि नपुगेको पिडितहरु बताउछन् ।
प्रकाशित समय : १२:११ बजे




















