काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सन्दर्भ विश्व धूम्र्रपानरहित दिवस : धूम्र्रपानको लतले बिगारेको शारीरिक र मुख स्वास्थ्य

1.33K
shares

विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धूम्र्रपान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गरेका छन् ।

विश्वका विभिन्न देशमध्ये नेपाल धूम्र्रपान सेवन गर्नेमा अग्रस्थानमा छ । नेपालमा ७३ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको कुनै न कुनै रूपको सेवन गर्ने गरेको तथा कम्तीमा एक पटक अनुभव गरेका पुगनपुग ९० प्रतिशत भएको एक अर्को अध्ययनले देखाएको छ ।

अरु त अरु २५ प्रतिशत शहरी क्षेत्रका गर्भवतीले पनि धूम्र्रपान गरेको पाइन्छ । ७७ प्रतिशत भन्दा बढी महिला, ८९ प्रतिशत भन्दा बढी पुरुषद्वारा  कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सेवन गर्ने गरेको अनुमान छ मेरो दुई हजार १३९  विभिन्न कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविरमा आएकाको मुख परीक्षण गर्दाको ।

अम्मल सुर्तीजन्य पदार्थको सेवन सारा विश्वको लागि टड्कारो समस्या बनिरहेकोमा नेपाल अछुतो रहने कुरा भएन । यसैमा अझ विगत १५ वर्षमा सुर्तीजन्य पदार्थको खपत एकहजार २०० गुणाले बढ्दा उत्पन्न शारीरिक, मानसिक, पारिवारिक, आर्थिक, सामाजिक र वातावरणीय असर सम्झँदा नै कहाली लाग्ने भएको छ । यिनै समस्याहरूको समाधानमा सहयोग पु¥याउन सुर्ती सेवनबाट उत्पन्न जटिलताहरू, खतरा, सुर्ती एवं चुरोट उत्पादक कम्पनीहरूको व्यापारिक नीति तथा सुर्ती मन्दविष र कडा लागुपदार्थ हेरोइन, कोकिनको प्रवेशद्वार भएको वारे आमनागरिकलाई जानकारी गराई सुर्ती सेवन निरुत्साहित पारी अहिलेको डरलाग्दो अवस्थालाई कम गर्न वा निर्मुल गर्न विश्व स्वास्थ्य संगठनद्वारा हरेक वर्ष मे ३१ मा बिश्व धूम्र्रपानरहित दिवस मनाइने गरिन्छ ।

धूम्र्रपान भन्नाले के बुझिन्छ ?

सुर्तीजन्य वनस्पति प्रमुखतर्या “निकोटीयना रस्टीका र निकोटीयना टोवाकम”को पात सुकाएर सिधै वा विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरी वा प्रशोधनपछि अन्य तत्वहरू मिलाएर प्याकेटमा राखी बनाइएका चुरोट, विडी, सुर्ती, सुल्फा, जर्दा, पराग र गुट्खा इत्यादिमा हुने निकोटिन नामक रसायनिक पदार्थलाई कुनै पनि माध्यम चाहे मुख, म्युकोसा, नाक वा छालाबाट होस शरीरले ग्रहण गर्नु वा अवशोषित गर्नुलाई धूम्र्रपानको सङ्ज्ञा दिइन्छ । यो धुवाँ सेवनमात्र नभएर सुर्ती सेवन हो र एक प्रकारले दुव्र्यसन हो ।

सुर्ती सेवन कुन कुन रूपमा गरिन्छ त ?

सुर्ती धुवाँको रूपमा वा धुवारहितका विभिन्न रूपहरूमा खाने गर्ने गरिन्छ ।

धुवाँको रूपमा – नेपालमा ५५ प्रतिशत नागरिकले धुवाँको रूपमा  सुर्ती सेवन गर्दछन् । आर्थिक हैसियतअनुसार सिगार, चुरोट, विडी, चिलम, तमाखु, ककड, पाइप त्यसैमा अझ घरानीया र बुढाबुढी छन् भने हुक्का, हुकली, चुट्टा, घुम्टीको रूपमा सुर्ती सेवन गर्दछन् । गाउँका महिलाहरू जो बच्चाका आमा हुन्छन् उनीहरूले चुरोट, बिडी उल्टोमुखी सेवन गरेको पाइन्छ ।

धुवाँरहित रूपमा–हाम्रो मुलुकका ४५ प्रतिशत नागरिकले सुर्ती धुवाँरहित रूपमा प्रयोग गर्दछन् । आजकलका युवावस्था र केटीहरूमा यस्तो रूपको धूम्र्रपान सेवन बढी नै देखिन्छ । यसमा चपाएर प्रयोग गर्ने सुर्ती – पानसँग, सुपारीसँग वा सुर्ती मात्रै जस्तै जर्दा, मावा मुखमा राखी रस लिने÷चुस्ने सुर्ती – जस्तै खैनी, मैनपुरी सुर्ती, नास, निस्वार, सुर्ती र चुन ।दाँत गिजा वा मुखका अन्यमा भागमा लेप्ने सुर्ती – जस्तै बजार दाँत सफा गर्न ९मंजनको रूपमा० प्रयोग गरिने सुर्ती – जस्तै गुल, गुडाखु, मिश्री, मसेरी र वास÷गन्ध लिने सुर्ती – जस्तै स्नफजस्ता थुप्रै रूप र नामले सुर्तीको सेवन गरेको पाइन्छ नेपालमा ।

नकारात्मक असर

एक खिल्ली चुरोटले मानिसको आयु साढे पाँच मिनेट हरेक वर्ष १ महिना र ५० वर्षमा चार वर्ष घटाउँछ । त्यसैमा पनि धूम्र्रपानकर्ता जति वर्ष बाँच्छ, उक्त समयभर पनि कष्टरहित र गुणस्तरयुक्त जीवन बाँच्न सक्दैन । वरीपरी बस्ने मानिसलाई पनि खराब असर पु¥याउँदछ । कुनै पनि एकल रोगभन्दा बढी मृत्युकारक रोग निम्त्याउने पदार्थ धूम्र्रपान नै हो । यसले २५ किसिमका विभिन्न रोगहरू प्रत्यक्ष किसिमले र विभिन्न दुई तिहाइजति क्यान्सरहरू बनाउँछ । सुर्ती सेवनले नकारात्मक असर नपार्ने शरीरको कुनै पनि अङ्ग, तन्तु र रोग नभएको जानकारी छ ।

दाँत, छाला र औँलाहरू निकोटिनले पहेंला त्यसपछि कालो बनाउँछ । रक्तनली एवं भल्भमा निकोटिन जम्दै जाँदा बोसोको मात्रा बढ्दै जाँन्छ । साँघुरिँदै जान्छ । धूम्र्रपानले मायोकार्डीयल इन्फाकेशन, हटफेल र हृदयाघात हुने संभावना तीन गुणा बढाउँछ भने मुटुसम्बन्धी रोगहरू पाँच गुणा बढी हुन्छ । खुट्टामा थोम्ब्रोएण्जाइटिस अवलीटेरन्स हुन्छ । छाती सम्बन्धी रोगहरू दम, खोकी बढ्ने, टिबि ९क्षयरोग० निमोनिया, ब्रोङकाइटिस, जीर्ण फोक्सोगत रोगहरू र चाहिने अक्सिजन लिन नसकी स्याँ स्याँ हुन्छ । घुर्ने समस्या बढाउँछ । शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ । श्रवणशक्ति कमजोर बनाउँछ, दिमागको कोषलाई असर पारी आई।क्यू लेबल पनि घटाउँछ । समयपूर्व नै छालामा चाउरी पर्ने गराउँछ । कम निद्रा लाग्ने, सुत्दा निद्रा नलाग्न, औषधिले काम नगर्ने, औषधि विरुद्ध अवरोध सृजना गराउने  गर्दछ ।

धूम्र्रपान नगर्नेलाई भन्दा गर्नेलाई क्यान्सर हुने अधिक संभावना रहन्छ । हुने गरेका क्यान्सरमा ९० प्रतिशत भन्दा बढी मुखको क्यान्सर, ८५ प्रतिशत फोक्सोको क्यान्सर, स्वरयन्त्र, अन्ननली, मुत्राशय, पित्ताशय, आमाशय, छालाको, पाठेघर, स्तनको क्यान्सर,पेटको, मिर्गौला को फियोको क्यान्सरको कारक धूम्र्रपान नै पाइएको छ । जम्मा क्यान्सरमध्ये ६५ प्रतिशत  धूम्र्रपानले नै गराउँछ ।। पुरुषमा नपुंशकता र महिलामा बाँझोपन, मांशपेशी कमजोर, हाड कमजोर, मोतिया विन्दु, चपाउने सुर्ती प्रयोग गर्नेमा पेट दुख्ने, पटक पटक थुकिरहनुपर्ने, पेट बोकेकी आमामा शारीरिक र मानसिक रूपमा असक्षम कमजोर, रोगी र अंगभंग बच्चा जन्मने, समयपूर्व बच्चा जन्मने,  बढी गर्भपतन, जन्मेको बच्चा २८ दिनमै मर्ने, कम तौलको बच्चा, बालमृत्यु दर बढी, असफल गर्भाधानको प्रबल संभावना । खेलाडीमा चाँडै थाक्ने र स्टामिना घटाउँदछ । ३० वर्षको धूम्र्रपानकर्ता र ४२ वर्षको धूम्र्रपान नगर्नेले १६ किलोमिटर बराबर समयमा पुरा गर्दछन् । एक चुरोट प्रतिदिनले, ४० सेकेण्ड दौड्ने क्षमता कम गराउँदै लगेको वैज्ञानिक पुष्टि पनि छ ।  छोरा हुने संभावना घटाउँछ । क्रोमोजोमलाई निकोटिनले असर पारी पुरुषको प्रजनन् क्षमतामा कम, शुक्राणु नोक्सान र महिलाको पाठेघरमा नरभ्रुण बस्न नदिने अवस्था ल्याउँछ ।। कपाल र लुगा फोहोर हुने, तालु खुइलिने, कपाल झर्ने, छाला पत्रिंदै फुस्रो हुने ९सोरियासीस०, अनुहारको चमक हराएर चाँडै चाउरी पर्ने, ओठ सुख्खा, नीलो वा कालो भई सुन्दरता नष्ट भई कुरूप बनाउँछ ।

धूम्र्रपानले मष्तिष्कमा रक्तश्राव गराउनसक्छ र पक्षघात भई मृत्यु हुन सक्छ । खानामा रुची कमी, पेटमा अल्सर, पेटमा गडबडले गर्दा कुपोषण हुन्छ । दम, खोकी, स्याँ–स्याँ र कमजोरीका कारण कामबाट वन्चित भै अम्मली गरिबीको दलदलमा फस्दछन् ।। मासिक श्रावमा गडबडी, स्नायु नशा तथा धमनी सुन्निने,  मधूमेह बनाउँछ । निकोटिनको दीर्घकालीन असर हातखुट्टामा पनि परी हातखुट्टामा बढी जाडो महसुस गरेको, औंला र जोर्नी दुखेको तथा बर्गर रोग लागेको देखीन्छ ।

सुर्तीमा के छ र यति धेरै रोग लगाउन सक्ने ?

सुर्तीलाई परापूर्वकालमा औषधीको रूपमा, घरानियाको प्रतिकको रूपमा र धार्मिक रूपमा प्रयोग गरिएता पनि प्राचीनकालमा नै यसका बेफाइदा थाहा भइसकेको कुरा प्राचीनकालमा टर्कीमा धूम्र्रपान गर्नेलाई मृत्युदण्ड दिने चलन  र रुसका राजा जारहरूद्वारा धूम्र्रपान गर्ने प्रजाहरूलाई कोर्रा लगाउने, नाक काटिदिने र साइबेरिया पठाइदिने प्रथाबाट प्रष्ट हुन्छ तर वैज्ञानिक आधार पत्ता लागेको  ५० वर्ष मात्र भएको छ ।

अप्रशोधित सुर्ती वा ककडमा २५०० भन्दा बढी रसायनिक तत्व हुन्छन् भने ४३ तत्वहरू कार्सीनोजन हुन्छन् । यही सुर्तीलाई धुवाँको रूपमा सेवन गर्दा ४००० रसायन हुन्छ । जसमा ४०० विषालु पदार्थ ९५ प्रतिशतभन्दा बढी ग्यासहरू र ६० भन्दा बढी क्यान्सर बनाउन सक्ने तत्वहरू हुन्छन् । त्यस्तै अन्य तत्वसँग मिसाउँदा जस्तै चुना प्राणघातक रोग तथा क्यान्सर लाग्ने खतरा धेरै बढाउँछ ।

उ कार्सीनोजन तत्वहरूमा टोबाको स्पेसिफिक नाइट्रसअमाइन, पोलीन्युक्लीयर एरोमेटीक हाइड्रोकार्वन, टार, खोटो  फेनोल, क्रेसोल, क्याटेकोल, न्याप्थुलअमाइन, बेन्जोपाइरिन, हाइड्राजिन, भिनाइल क्लोराइड, निकोटिन, कार्वनमोनोअक्साइड, कार्वनडाइअक्साइड, नाइट्रोजनका अक्साइड, साइनाइड, फर्मलडीहाइड, ट्रेस धातुहरू, निकल, आर्सेनिक, पोलोनियम–२१० इत्यादि पर्दछन् । प्रमुख प्राणघातक रसायनमा निकोटिन, खोटो र कार्वनमोनोअक्साइड  पर्दछन् । एसीटोन, एमोनिया, आर्सेनिक, वेन्जीन, फर्मालीन जस्ता तत्वहरूले चुरोटको धुवाँमा रहेको विषाक्ततालाई थप उर्जा दिन्छन् ।

धूम्र्रपान विरुद्धमा नेपालमा के गर्नुपर्ला त ?

धूम्र्रपानले व्यक्ति, समाज, परिवार र राष्ट्रलाई नै अधोगति गराउने हुनाले यसको विरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्दछ । नेपालमा धूम्र्रपान विरुद्धको अभियानमा निजी, सरकारी, गैरसरकारी, सङ्घसंस्था थुप्रै लागेका छन् तर तिनमा सामन्जस्यको कमी छ भने यस अभियानको दायित्वबोध सबै सङ्घसंस्था, संचारमाध्यम र तपाई, म, हामी सबै नागरिक समाजले नगर्दा यो प्रभावकारी रूपमा अगाडि बढ्न सक्दैन । धूम्र्रपान जस्तो समाजको साझा समस्यालाई सामुहिक पहलबाट सामाजिक बहिस्कार गर्ने, धूम्र्रपान विरुद्ध अभियानलाई निरन्तर प्रक्रियाका रूपमा वर्षको ३६५ दिन नै सक्रिय रूपमा अघि बढाउनु पर्छ ।

विद्युतीय संचार माध्यममा २०५५ फाल्गुण ७ देखि धूम्र्रपानसम्बन्धी विज्ञापनमा रोक भए पनि सबै संचारका माध्यममा सुर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिबन्ध लगाउनुपर्छ । धूम्र्रपान सम्बन्धी विज्ञापन वोर्डहरू, होर्डिङ्ग वोर्डहरू, सम्पूर्ण छापा, भित्ते पोष्टरमा बन्देज गरिनु पर्दछ । स्कुलको पाठ्यक्रममा धूम्र्रपानबाट हुने हानीबारे पाठ्यसामग्री बढाउनु पर्छ किनभने धूम्र्रपानको लत स्कूले उमेरबाट नै सुरु हुन्छ । विद्यार्थीलाई दिइएको शिक्षाले उसको ५० वर्षको जीवन स्वस्थ र सुरक्षित रहन्छ ।

उपचारमा ठूला ठूला अस्पताल तथा भरतपुर र भक्तपुर क्यान्सर अस्पताल प्रमुख भए पनि देशका पाँचै विकास क्षेत्रमा सहायक केन्द्र हुनु पर्ने तथा स्वास्थ्यचौकी, अस्पताल र सार्वजनिक स्थलमा सुर्ती सेवनका बेफाइदाबारे जानकारीमूलक कार्यक्रम सञ्चालन गरिनु पर्दछ । ठूला व्यक्तिहरू, आदर्श व्यक्तिहरूद्वारा सेवन नगरिदिने गर्दा पनी अम्मलमिा न्युनीकरण हुनसक्छ । बच्चाहरूले देखासिकीमा बाबुआमा, दिदी, दाई, नायक, नायिका, खेलाडी, मोडेलबाट सिक्दछन् ।

सुर्तीजन्य पदार्थमा लाग्ने करमा वृद्धि गरेर वा स—साना प्याकेट र फुटकरमा किनमेल गर्न नपाइने बनाउदा पनि अम्मलीको र बालबालिकाको सङ्ख्या घटाउन सकिन्छ । चुरोटको सेवनलाई घटाउन वा निरुत्साहित गरिदिने एउटा विकल्प त्यसको मूल्यलाई चर्को बनाइदिने पनि हुनसक्छ । विश्व बैंकका अनुसार चुरोटको मूल्यमा हुने १० प्रतिशत बृद्धिले मात्रै पनि उच्च आय दर भएका मुलुकहरूमा ४ प्रतिशत र कम तथा मध्यम आयदर भएका मुलुकहरूमा ८ प्रतिशतले त्यसको खपतमा कमी आउने गर्छ । त्यसरी १० प्रतिशत मात्रै मूल्यवृद्धिले पनि करिब ४ करोड २० लाख मानिसहरूले धूम्र्रपानको लत छोड्ने र त्यसको परिणाम स्वरूप कम्तिमा १ करोड मानिसहरू चुरोट सम्वद्ध रोगका कारण मर्नबाट बच्नेछन् ।

बालबालिकालाई ओसार पसार, विक्री वितरण र खरिदमा हुने संलग्नतामा निषेध गरिनु पर्दछ ।

अभियानकै रूपमा सडक बालबालिका, खाते र जोखिम समूहलाई लक्षित गरी कार्यक्रम चलाइनु पर्दछ ।

सार्वजनिक स्थलमा धूम्र्रपान बिक्री वितरण गर्नेलाई कारवाही, दण्ड र सजायको कार्यान्वयन गरी भागीदार गरिनु पर्दछ ।

निःशुल्क स्वास्थ्य शिविर, सहकारी, सरकारी र गैह्र सरकारी संस्थाहरूबाट बेला – बेलामा गरिने कार्यक्रमको आयोजना शहरी क्षेत्रमा मात्र नभई गाउँ – गाउँमा र धेरै सङ्ख्यामा गरी धूम्र्रपानलाई निरुत्साहित पार्नु पर्दछ । आवश्यक सरसुविधा पूर्वाधार र दरबन्दीको व्यवस्था गरी डेन्टल र मेडिकल डक्टर गाउँ – गाउँमा जाने वातावरण बनाइनु पर्दछ । जसले एकातिर धामी झा“क्री, झोले डाक्टर र नक्कली डाक्टरको विगविगी घट्ने र उनीबाट ठगिएका जनताले गुणस्तर र सर्वसुलभ उपचार पाउने छन् भने अर्कोतिर रोजगारी नपाएर डक्टर भौतारिनु र विदेशिने अवस्थाको अन्त्य हुने छ ।

सुर्तीजन्य पदार्थ सेवनबाट बच्न अम्मली स्वयंकै दृढ संकल्प र उच्च मनोबल चाहिन्छ । कुलतबाट छुटकारा पाउन परिवारजनले महत्वपूर्ण भूमिका खेल्न सक्नु पर्दछ । आफूलाई सकेसम्म व्यस्त राख्दा यस्ता लतमा ध्यान जादैनन् । सकेसम्म एक्लै वस्नु हुँदैन, परिवार र साथीस“ग बसी छलफल गर्ने गर्नुपर्दछ । साथीलाई समेत कुलतबाट छुटकारा पाउन सल्लाह दिनु पर्छ । कुलतबाट मुक्त हुन कुनै विशेष तिथिमिति जस्तै जन्मदिन, नया“ वर्ष वा प्रेरक व्यक्तित्वको जन्म दिन पारेर प्रतिज्ञा गर्नु पर्छ । उक्त अठोट बारेमा सकेसम्म धेरै साथी वा परिवारजनलाई बताएर मनोवल बढाउन सकिन्छ । सुर्ती सेवनमा निर्भर भइसकेकाहरूको उपचार ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ बाट गर्न सकिन्छ ।

अन्तमा, धूम्र्रपानले स्वास्थ्यमा प्रतिकुल असर पार्छ नै त्यति मात्र नभई आर्थिक, सामाजिक, पारिवारिक र वातावरणीय दृष्टिकोणले पनि ठूलो नोक्सानी पु¥याउँछ । सुर्ती रोपेदेखि सुर्तीजन्य पदार्थहरू उत्पादन गर्ने क्रममा कैयन कामदारहरू अम्मली बन्दछन् जसबाट अम्मली व्यक्तिको खर्च बढी परिवारको लागि आवश्यक गाँस, बास र कपासको व्यवस्थापनमा असर पार्दछ र कलह निम्त्याउँछ । फलस्वरूप सामाजिक कुसंस्कारमा फस्न सक्दछन् । सुर्तीजन्य पदार्थले कम्पनीलाई मुनाफा, राष्ट्रलाई राजश्व दिन्छ तर अम्मलीलाई केवल कष्टकर प्राणघातक रोगहरू र मृत्यु मात्र दिन्छ ।

(लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहसचिव एवं प्रवक्ता हुनुहुन्छ ) 

मनकामना केबलकार मङ्गलबार बन्द रहने

मनकामना केबलकार मङ्गलबार बन्द रहने

Oct 05, 2026

नारायणगढ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि...

कांग्रेस महाधिवेशन : हलमा कुर्सी खाली, खुल्लामन्चमा चुनावी चटारो

कांग्रेस महाधिवेशन : हलमा कुर्सी खाली, खुल्लामन्चमा चुनावी चटारो

Oct 05, 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दोस्रो दिन बन्दसत्रभर महाधिवेशन...

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

Oct 05, 2026

काठमाडौँ । नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा...

कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण

Oct 05, 2026

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायधिवक्ता सर्वराज जोशीले...

उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग समन्वय गर्नेछौं : सभापति अन्सारी

उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग समन्वय गर्नेछौं : सभापति अन्सारी

Oct 05, 2026

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

Oct 05, 2026

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत...