global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ‘जन्मजात श्रेष्ठताका आधारमा शासन व्यवस्था प्रणाली स्वीकार्य छैन’

‘जन्मजात श्रेष्ठताका आधारमा शासन व्यवस्था प्रणाली स्वीकार्य छैन’

‘जन्मजात श्रेष्ठताका आधारमा शासन व्यवस्था प्रणाली स्वीकार्य छैन’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जन्मजात श्रेष्ठताका आधारमा शासन व्यवस्था प्रणाली नेपाली जनतालाई स्वीकार्य नहुने धारणा राखेका छन ।

राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा आयोजित समारोहमा उनले पूर्वराजासहित समर्थकहरूले जनताको सम्प्रभुता खोस्ने षड्यन्त्र गरिरहेका बताउँदै गणतन्त्र विरोधी गतिविधि नेपाली जनतालाई स्वीकार्य नहुने बताए ।

राजाको शासन व्यवस्थामा जन्मजात श्रेष्ठतालाई मान्यता दिइए पनि वर्तमान सन्दर्भमा यो प्रणाली स्वीकार्न नसकिने बताउँदै महासचिव पोखरेलले पछिल्ला समयमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिहरू बढिरहेकाले यसविरुद्ध गणतन्त्र पक्षधर सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस र एमाले नेतृत्वको वर्तमान सरकारले रेलमार्ग, सुरुङमार्गलगायत पूर्वाधार निर्माण र विकासका क्षेत्रमा उपलब्धिमूलक काम गर्दै आएको उनले उल्लेख गरे । “यसअघि पनि एमाले नेतृत्वको सरकारका समयमा मुलुकमा विकास, निर्माणका क्षेत्रमा उल्लेख्य काम भएका थिए”, उनले भने, “सामाजिक सुरक्षा भत्ताको सुरुआतसहित अन्य सामाजिक क्षेत्रमा सकारात्मक र उपलब्धिमूलक काम पार्टी नेतृत्वबाट भएका छन् ।” मुलुक बनाउन युवाहरू जागरुक बन्नुपर्नेमा उनले जोड दिए ।

एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले मुलुकमा आर्थिक समृद्धि हासिल गर्न स्थानीय उत्पादनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याए । राष्ट्रको विकास र समृद्धिका लागि युवा जागरुक हुनुपर्ने उनको भनाइ छ ।

सङ्घका अध्यक्ष क्षितिज थेवेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं जनवर्गीय सङ्गठन प्रमुख भानुभक्त ढकाल, राष्ट्रिय युवा सङ्घका इञ्चार्ज राजीव पहारी, सङ्घका पूर्वअध्यक्ष महेश बस्नेतलगायत वक्ताले महाधिवेशनको सफलताको कामना गरेका थिए।

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु