गृहपृष्ठ युक्रेन र रुसले एकअर्कालाई लगाए ‘इस्टर युद्धविराम’ उल्लंघन गरेको आरोप
युक्रेन र रुसले एकअर्कालाई लगाए ‘इस्टर युद्धविराम’ उल्लंघन गरेको आरोप
युक्रेन र रुसले एकअर्कालाई ३० घण्टा लामो ‘इस्टर युद्धविराम’ उल्लंघ गरेको आरोप लगाएका छन्। जुन युद्धविराम शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका हुन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबारदेखि रुसले झन्डै ३ हजारपटक युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्। रुसले युक्रेनमा सयौँ ड्रोन प्रहार गरेको आरोप छ।
उता रुसको रक्षा मन्त्रालयले भने युक्रेनले गरेको आक्रमण रोकेको दाबी गरेको छ। यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन-रूस युद्ध अन्त्य गर्न चाहेको बताएका छन्। उनले भनेका छन्- आशा छ, रुस र युक्रेन यसै हप्ता सम्झौतामा पुग्नेछन्। तर उनले यससँग सम्बन्धित थप जानकारी दिएका छैनन्।
रुसले २०२२ २४ फेब्रुअरीमा युक्रेनमा ठूलो आक्रमण गरेयता दुई देशबीच युद्ध जारी छ। अहिलेसम्म रुसले उसले युक्रेनको झन्डै २० प्रतिशत भाग कब्जा गरिसकेको छ। जसमा २०१४ मा रुसले गाभेको क्रिमिया पनि पर्छ। २०२२ देखि जारी युद्धमा लाखौँ मानिस मारिएका र घाइते भएका छन्, जसमा धेरैजसो सैनिक रहेको अनुमान गरिएको छ।
प्रकाशित समय : १०:३४ बजे


















