काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुगुका बस्तीमा टेलीफोन सुविधाको अभाव

3.97K
shares

हिमाली जिल्ला मुगुका गाउँहरुका बासिन्दा टेलिफोन अर्थात संचार सुविधाबाट बन्चित भएका छन् । जिल्ला बाहिर रहेका आफन्तहरुसँग कुराकानी गर्न मुगुबासीलाई समस्या भइरहेको छ ।

मुगमकामारोङ्ख गाँउपालिका वडा नम्बर २ को चितैकुना, तिचैगाँउ, दोल्फु, वाङ्खी र सोरुगाँउपालिकाको सीप, ख्याल्च, बुम्च, सीरुपाटा, गोयलपानि, रावलवाडालगायतका बस्तीहरु संचार सुविधाबाट बन्चित छन् ।

जिल्ला बाहिर रहेको आफन्तहरुलाई टेलिफोन सम्पर्क गर्न पनि डाँडाकाँडा र काठको पोलमा मोवाइल राखेर फोन गर्नुपर्ने बाध्यता रहेको सोरु गाँउपालिका वडा नम्बर ७ अर्जुन बहादुर बुढाले बताए ।

मुगमकामारोङ्ख गाँउपालिकाका विकट बस्तीका बासिन्दा भने आधा घन्टा भन्दा टाढा गएर फोन गर्नुपर्ने बाध्यतामा छन् । राज्यले सिंहदरवारको अधिकार गाँउ गाँउमा भन्ने नारा मात्र सिमित राखेको स्थानीय ठिल्य लामाले बताए ।

सोरुगाँउपालिका भित्र रहेका दर्जन भन्दा बढी बस्तीहरुमा टेलिफान बाट हैरानी पाएका पालिकाबासीहरुको फोन सहजताको लागी नेपाल टेलिकम कार्यालयको प्रदेश, केन्द्रीय कार्यालयमा धेरै पटक धाउँदा धाउँदा बल्ल सोरुकोटमा टावर संचालनमा आएको छ । नेपाल टेलिकम कार्यालयले जिल्लामा अलपत्र परेकहा टावर निर्माण धमाधम रहेको जनाएको छ ।