गृहपृष्ठ महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
महालक्ष्मी विकास बैंक लिमिटेडको संस्थापक समूहको १५ लाख १४ हजार २५ कित्ता शेयर लिलामी मार्फत बिक्रीमा राखिएको छ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यस सेयर इच्छुक व्यक्ति तथा संस्थाले यो न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य उल्लेख गरी बोलपत्र पेस गर्नुपर्नेछ।
इच्छुक लगानीकर्ताले सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो वैशाख १४ गतेसम्म तोकिएको छ।
प्रकाशित समय : ११:१७ बजे

















