तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ- झलनाथ खनाल
वि.सं.२०८१ चैत २४ आइतवार २१:२३
shares

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् ।
समाजवादी प्रेस संगठन झापाले आइतबार विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको महत्वाकांक्षा, पूर्वपञ्चहरूको दिवास्वप्न र सरकारको दमन दोषी रहेको टिप्पणी गरे ।
‘एकतर्फी कसैलाई दोष देखाएर सरकार पनि उम्किन मिल्दैन’, पूर्वप्रधानमन्त्री खनालले भने, ‘घटनामा तीनैवटा पक्ष दोषी छन् । त्यसको छानबिन हुनुपर्छ ।’
उक्त दिनको सुरक्षा व्यवस्था फितलो र आन्दोलनकारी अराजक भएका कारण अप्रिय घटना हुन पुगेको उनको विश्लेषण छ ।

























