global ime bank Long Banner Ad

गृहपृष्ठ सिद्धार्थ बैंकद्धारा व्यवस्थापनका लागि मनीपाल टेक्नोलोजिजसँग सम्झौता

सिद्धार्थ बैंकद्धारा व्यवस्थापनका लागि मनीपाल टेक्नोलोजिजसँग सम्झौता

सिद्धार्थ बैंकद्धारा व्यवस्थापनका लागि मनीपाल टेक्नोलोजिजसँग सम्झौता

ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेडबीच सम्झौता भएको छ ।

यस पहलले एंटी मनी लाउन्डरिंग प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ । यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङको प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रन तथा गा्रहक पहिचान पद्धति अवलम्बन गर्न सक्षम बनाउनेछ ।

सिद्धार्थ बैंकले मनीपाल टेक्नोलोजिजसँगको सहकार्यमा अवैध सम्पत्ति शुद्धिकरण न्युनिकरण प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित समय : १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु