गृहपृष्ठ पूर्व एन्फा अध्यक्ष थापाद्वारा महासचिव राईविरुद्ध मुद्दा दर्ता
पूर्व एन्फा अध्यक्ष थापाद्वारा महासचिव राईविरुद्ध मुद्दा दर्ता
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले वर्तमान एन्फाका महासचिव किरण राईविरुद्ध मुद्दा दर्ता गरेका छन् । थापाले मंगलबार काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतिको मुद्दा दर्ता गरेका हुन् । उनले यसअघि साइबर ब्यूरोमा राईविरुद्ध उजुरी दिएका थिए ।
राईले फागुन १७ गते एक टेलिभिजन अन्तरवार्तामा थापाको विषयमा बोलेका थिए । यही विषयलाई लिएर थापाले उजुरी दिएको बताए । मंगलबार एक विज्ञप्ति जारी गर्दै राईले आफूमाथि झुठा र तथ्यहिन आरोप लगाएको भन्दै कानुनी कार्वाहीको प्रक्रिया अपनाउने क्रममा जिल्ला अदालतमा पनि मुद्दा दायर गरेको थापाले जानकारी दिए ।
‘एक टेलिभिजन अन्तरवार्ताका क्रममा एन्फाका महासचिव किरण राईले ममाथि एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको, पछि सम्पत्ति सुद्धिकरणको छानविनपछि मैले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर मेरो चरित्रहत्या गर्ने प्रयास गर्नुभएको छ,’ थापाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रकाशित समय : १०:३७ बजे

















