global ime bank Long Banner Ad

गृहपृष्ठ साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।

सरकारले फागुन २८ गते बिहीबार फागु पूर्णिमाको अवसरमा काठमाडौं उपत्यकासहित पहाडी भेगमा सार्वजनिक बिदा दिएको छ । जसकारण सेयर कारोबार हुँदैन । अब सेयरखरिदकर्ताहरुले कम्पनीको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत ११ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित समय : ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु