nmb bank

गृहपृष्ठ एक्सेल डेभलपमेन्ट बैंकको चैत ११ गते साधारण सभा

एक्सेल डेभलपमेन्ट बैंकको चैत ११ गते साधारण सभा

एक्सेल डेभलपमेन्ट बैंकको चैत ११ गते साधारण सभा

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चैत ११ गते साधारण सभा बोलाएको छ ।

सभामा बैंकले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसअघि नै बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ ।

साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।

त्यस्तै, अन्य बैंक–वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले बिहीबार फागुन २९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, आज बुधबार फागुन २८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

सभा सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित समय : ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु