global ime bank Long Banner Ad

गृहपृष्ठ प्रचण्डले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै

प्रचण्डले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै

प्रचण्डले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सोमबार सभामुख, प्रमुख सचेतक र सचेतकहरूबीचको छलफलले २७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने कार्यसूची तय गरेको हो ।

प्रचण्ड माओवादी केन्द्रको तराई मधेश जागरण अभियान केही दिनलाई स्थगित गरेर काठमाडौं आएका छन् ।

संसद्मा सहभागी रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विभिन्न संघ/संस्थाहरुले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा गरेको गतिविधिले राजनीतिक बृत्त तरङ्गित भएको बेला प्रचण्डले संसदमा सम्बोधन गर्न लागेका हुन् ।

 

प्रकाशित समय : १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु