global ime bank Long Banner Ad

गृहपृष्ठ कोरोना भाइरसका कारण विश्वभर ८५ करोड विद्यार्थीको पढाई प्रभावित

कोरोना भाइरसका कारण विश्वभर ८५ करोड विद्यार्थीको पढाई प्रभावित

कोरोना भाइरसका कारण विश्वभर ८५ करोड विद्यार्थीको पढाई प्रभावित

विश्वको विद्यार्थीहरूमध्ये झण्डै आधा सङ्ख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट बञ्चित बनेका छन् ।

विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस सङ्क्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका कारण विद्यालय तथा विश्वविद्यालय नगएका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (यूनेस्को)ले बुधबार जनाएको छ ।

यूनेस्कोले यसलाई शिक्षा क्षेत्रमा खडा भएको ‘अप्रत्याशित चुनौती’ भनेको छ । यूनेस्कोका अनुसार विश्वका ११३ मुलुकमा पूर्ण तथा आंशिकरूपमा विद्यालयहरू बन्द गरिएका छन् । यसमध्ये १०२ मुलुकमा विद्यालय पूर्णतया बन्द गरिएका छन् भने ११ अन्य मुलुकमा आंशिकरूपमा बन्द भएका छन् ।

यूनेस्कोका अनुसार आगामी केही दिनमा थप देशहरूले पनि विद्यालयलाई बन्द गरी विद्यार्थीका कारण सङ्क्रमण फैलिने सम्भावनालाई रोक्ने पहल भइरहेको छ । (रासस)

प्रकाशित समय : ०१:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु