global ime bank Long Banner Ad

गृहपृष्ठ मास्क र सेनिटाईजर कालोबजारी गर्ने ३ जना पक्राउ

मास्क र सेनिटाईजर कालोबजारी गर्ने ३ जना पक्राउ

मास्क र सेनिटाईजर कालोबजारी गर्ने ३ जना पक्राउ

मास्क र सेनिटाईजर कालोबजारी गरेको अभियोगमा ३ जनालाई काठमाडौंका बिभिन्न स्थानबाट मास्क ११ हजार ४ सय ५५ थान, सेनिटाईजर १ हजार ५ सय ५ बोतलसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमा काठमाडौं महानगरपालिका-२४ बस्ने पर्सा बहुदरमाई नगरपालिका-४ घर भएका ३५ वर्षीय रुपेश रौनियार, काठमाडौं टोखा नगरपालिका-१० बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-५ कुडार घर भएका २५ वर्षीय पुरुषोत्तम अधिकारी र काठमाडौं गौरीघाट बस्ने अर्घाखाँची भूमिकास्थान नगरपालिका-३ ढिकुरा घर भएकी ३० वर्षीया मिना घिमिरे रहेका छन् ।

पक्राउ परेका व्यक्तिमध्ये रुपेश रौनियारको साथबाट सेनिटाईजर १५ सय बोतल, खरिद बिक्री गरेको बिल २ थान, पुरुषोत्तम अधिकारीको साथबाट सेनिटाईजर ५ बोतल बिल प्याड २ थान, मास्क २ सय ३५ थान र मिना घिमिरेको साथबाट मास्क ११ हजार २ सय २० थान बरामद भएको हो ।

बिश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस प्रकोपबाट बच्न अनिवार्य मास्क, सेनिटाईजरजस्ता सामानको प्रयोग गर्नु भनी विभिन्न सञ्चार माध्यमबाट आमनागरिकलाई प्रचारप्रसार गरिरहेको अवस्थामा काठमाडौं उपत्यकाभित्र त्यस्ता सामानहरु उत्पादन गर्ने उद्योग, व्यवसायीहरुले कृत्रिम अभाव गराई मुल्य वृद्धि गराएर अनुचित नाफा लिई विक्रीवितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई ‘कालोबजारी तथा अन्य केही सामाजिक अपराध’ कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित समय : ०१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु