गृहपृष्ठ बाढीपहिरो प्रभावितको सहयोगमा सम्यक स्कुल, प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोगको अपिल

बाढीपहिरो प्रभावितको सहयोगमा सम्यक स्कुल, प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोगको अपिल

बाढीपहिरो प्रभावितको सहयोगमा सम्यक स्कुल, प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोगको अपिल

काठमाडौं । पछिल्लो समय देशका विभिन्न क्षेत्रमा आएको अविरल वर्षा, बाढी तथा पहिरोबाट प्रभावित परिवारप्रति सम्यक स्कुलले ऐक्यबद्धता जनाउँदै सहयोगको अपिल गरेको छ ।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विद्यालयले विपद्को यस कठिन घडीमा प्रभावित परिवारको साथमा रहेको जनाएको हो ।

विद्यालय व्यवस्थापनले उद्धारका क्रममा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गर्दै प्रभावित परिवारलाई निरन्तर सहयोग गर्न सबैमा आग्रह गरेको छ ।

सम्यक स्कुलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्न अभिभावक, विद्यार्थी, शुभेच्छुक तथा सरोकारवालालाई अपिल गरेको छ । विपद्को समयमा हातेमालो गर्दै प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउनुपर्ने विद्यालयको भनाइ छ ।

‘यो कठिन घडीमा सबैले एकअर्कालाई साथ दिऔँ र प्रभावित समुदायको पुनःस्थापनामा सहयोग गरौँ’ भन्ने सन्देशसहित विद्यालयले सबैमा सहयोग र ऐक्यबद्धताको आग्रह गरेको छ ।

सम्यक स्कुल, बूढानीलकण्ठ–८, काठमाडौंले प्रभावित परिवारको साथमा आफूहरू निरन्तर रहने प्रतिबद्धतासमेत जनाएको छ

प्रकाशित समय : ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु