गृहपृष्ठ बाढी प्रभावित नागरिकको आवतजावतका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

बाढी प्रभावित नागरिकको आवतजावतका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

बाढी प्रभावित नागरिकको आवतजावतका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पु-याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवाका लागि दुईवटा सवारीसाधन नुवाकोटतर्फ परिचालन गरिएको छ ।

महानगरपालिकाले आज बिहान ६ बजे काठमाडौंमा रहेका दुईवटा गाडी महानगर प्रहरीसहितको टोली लिएर नुवाकोटतर्फ प्रस्थान गरेका हुन् ।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा अलपत्र परेका नागरिकलाई आवश्यक सहयोग तथा सुरक्षित स्थानान्तरणमा सहजीकरण गर्ने उद्देश्यले महानगरले टोली परिचालन गरिएको हो ।

प्रकाशित समय : ०७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु