global ime bank Long Banner Ad

गृहपृष्ठ लगानीकर्ताहरुलाई हतोत्साहित नहुन धितोपत्र बोर्डको आग्रह

लगानीकर्ताहरुलाई हतोत्साहित नहुन धितोपत्र बोर्डको आग्रह

लगानीकर्ताहरुलाई हतोत्साहित नहुन धितोपत्र बोर्डको आग्रह

केही दिनयता धितोपत्रको दोस्रो बजारको कारोबारका सम्बन्धमा आएका समाचार तथा बजारको अवस्थाप्रति ध्यानाकर्षण भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

‘बोर्डले बजारलाई बजारको रुपमा नै चल्न दिनु पर्दछ भन्ने मान्यता राख्दछ र नियमनकारी निकायको रुपमा बोर्डले सधै धितोपत्र बजारको अवस्थालाई सूक्ष्म रुपले अध्ययनसमेत गरिरहेको छ,’ बोर्डले भनेको छ । पछिल्लोसमय धितोपत्र बजारलाई कोरोना भाइरससँग जोडेर बजारप्रति नकारात्मक हल्लाहरु फैलाउने कार्य भइइरहेको सन्दर्भमा नेपालमा हालसम्म कोरोना भाइरसको प्रकोप नदेखिएको र नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न पूर्वसावधानीका विभिन्न कदमहरु चालेको बोर्डले स्मरण गराएको छ ।

त्यसैगरी बोर्डले धितोपत्रको प्राथमिक र दोस्रो बजार विकास तथा सुधारका विभिन्न कार्यहरु अगाडि बढाइरहेको, देशको समष्टिगत आर्थिक अवस्था तथा समग्रमा सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था समेत सन्तोषजनक नै रहेको बोर्डले उल्लेख गरेको छ । ‘यस सन्दर्भमा लगानीकर्ताहरु यस्तो सामान्य अवस्थामा हतोत्साहित भई हतार–हतारमा धितोपत्र विक्रीसम्बन्धी निर्णय लिनुपर्ने अवस्था देखिँदैन,’ बोर्डले विज्ञप्तिमार्फत भनेको छ ।

धितोपत्र लगानीकर्ताहरुलाई धितोपत्र खरिदविक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको हरेक पक्ष (आधारभूत तथा प्राविधिक)को जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्था तथा बजार सुधारका कामकारवाहीहरुको अध्ययन गरेर हतोत्साहित नभई हल्लाको पछि नलागी सुझबुझपूर्ण तवरले लगानीसम्बन्धी निर्णय लिन बोर्डले विशेष अनुरोध गरेको छ ।

प्रकाशित समय : ०१:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु