global ime bank Long Banner Ad

गृहपृष्ठ चर्को आवाज निकाल्ने र स्वरूप परिवर्त गरिएका मोटरसाइकल ट्राफिक प्रहरीको निशानामा

चर्को आवाज निकाल्ने र स्वरूप परिवर्त गरिएका मोटरसाइकल ट्राफिक प्रहरीको निशानामा

चर्को आवाज निकाल्ने र स्वरूप परिवर्त गरिएका मोटरसाइकल ट्राफिक प्रहरीको निशानामा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारबाही गर्न थालेको छ ।

महाशाखाले मोटरसाइकलहरुले ध्वनि प्रदुषण हुने गरी सहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, बांगोटिंगो रुपमा चलाउने कार्यहरु कानुनविपरित भएको भन्दै कारवाही गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्बसाधारणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने भएकाले रोक लगाउन लागिएको जानकारी दिए । उनका अनुसार जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र मात्र नभई देशैभर सञ्चालनमा ट्राफिक प्रहरीले कडाइ गरिएको हो ।

ठूलो आवाजका कारण ध्वनि प्रदुषण तथा दुर्घटनाजस्ता समस्या आमसर्वसाधारणले व्यहोर्नु परेकाले ती मोटरसाइकलहरुलाई कडाइ गर्नुपरेको महाशाखाले  जनाएको छ । मोटरसाइकलहरुबाट निस्कने ध्वनिका कारण कतिपय अपाङ्ग, असशक्त तथा बिरामीहरु तर्सिने गरेका छन् । ती बाइकहरु तीव्र गतिमा कुदाइने र त्यसमा ठुलो आवाज हुने भएकाले मुटुका बिरामी तथा कमजोर मुटु भएका मानिसहरु बेहोससमेत हुने गरेको पाइएको छ ।

चर्को आवाज निकाल्ने गरी मोडिफाइ गरिएका मोटरसाइकलहरू ।

महाशाखाका प्रवक्ता एसपी जिवन कुमार श्रेष्ठअनुसार फागुन महिनामा मात्र १८५ वटा मोटरसाइकल कारबाही गरिसकेको छ । त्यसरी समातिएका मोटरसाइकलहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम १ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गराईएको छ ।

समातिएकामध्ये कम्पनीबाटै ठूलो आवाज आउने मोटरसाइकलहरुलाई चलाउन रोक लगाइएको छ । त्यसैगरी मोडिफाइ गरेर ठूलो आवाज आउने बनाइएका मोटरसाइकलहरुलाई भने पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर मात्र छाड्ने महाशाखाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार ठूला आवाज निकाल्ने मोटरसाइकलहरुमा होण्डा डर्ट, हार्डफोर्ड भीआर, डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगायतका बाइकहरु पर्दछन् । यस्ता गलत गरी चलाउने मोटरसाईकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निग्ररानीमा राखिएको महाशाखाले जनाएको छ । यस्ता किसिमका मोटरसाईकलहरू कतै गुडिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराईदिनुहुन सम्पूर्ण सर्बसाधरणहरूमा महाशाखाले विशेष अनुरोधसमेत गरेको छ ।

प्रकाशित समय : ०१:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु