गृहपृष्ठ एनआईसी एसीया बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न
एनआईसी एसीया बैंकको २७ औं वार्षिक साधारण सभा सम्पन्न
एनआईसी एसीया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा आज काठमाडौं भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।
बैंकको २७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्र्ने प्रस्ताव समेत पारित गरेको छ ।
साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर १०० का दरले ५ अर्ब बराबरको एन आई सी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर (NIC ASIA Perpetual Non-Cumulative Preference Share) जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
प्रकाशित समय : १७:३२ बजे

















