global ime bank Long Banner Ad

गृहपृष्ठ नयाँ बजेट तयारी : बिहीबार शहरी र ऊर्जा मन्त्रालयसँग छलफल

नयाँ बजेट तयारी : बिहीबार शहरी र ऊर्जा मन्त्रालयसँग छलफल

नयाँ बजेट तयारी : बिहीबार शहरी र ऊर्जा मन्त्रालयसँग छलफल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्त्वका आयोजना मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजना प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धी बिहीबार शहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको जिम्मेवारी र भूमिकालाई दृष्टिगत गर्दै ठूला आयोजनामा केन्द्रित हुन आग्रह गरेका हुन् ।

शहरी विकास मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव र विभागीय प्रमुख थिए भने ऊर्जा मन्त्रालयसँगको छलफलमा ऊर्जा मन्त्री दीपक खड्का, सचिव, विभागीय प्रमुख लगायत सहभागी थिए ।

प्रकाशित समय : १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु