गृहपृष्ठ १५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
१५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति भएका १५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनिहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ फागुन २१ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना, नेपाल सरकार गृह मन्त्रलाय(सचिवस्तर) को २०८१ फागुन २० गतेको निर्णयअनुसार प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा १३ जना गरी जम्मा १५ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराई, प्राविधिक प्रहरी नायव उपरीक्षक डा.बिदुर प्रसाद आचार्य तथा प्राविधिक प्रहरी निरीक्षकहरू चन्द्रकला शर्मा सुवेदी, सगुन लोहला, उमेश कुमार चौधरी, राजकुमार श्रेष्ठ, बुद्धिमान दोङ (तामाङ), श्याम बहादुर बलायर, हरि बहादुर थापा, अशोक कुमार गुप्ता, नारायण कुमार योगी, काजीमान लामा, कुबेर न्यौपाने, लोकेन्द्र सिंह धामी र सन्तोष थापा मगर रहेका छन ।
समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराईले प्राप्त जिम्मेवारीलाई संगठनको उद्देश्य अनुरूप दत्तचित्त, लगनशील एवम् अनुशासित भई कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित समय : १७:२७ बजे



















