गृहपृष्ठ मध्यपश्चिम विश्वविद्यालयबाट ३ हजार ८४१ विद्यार्थी दीक्षित हुने
मध्यपश्चिम विश्वविद्यालयबाट ३ हजार ८४१ विद्यार्थी दीक्षित हुने
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतबाट ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित हुने भएका छन् । शुक्रबार हुने तेस्रो दीक्षान्त समारोहबाट उनीहरु दीक्षित हुने भएका हुन् ।
स्नातक तहमा २ हजार १ सय ८९ , स्नातकोत्तरमा १ हजार ६ सय ३३ र दर्शनाचार्य तहमा १९ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।
विद्यार्थीहरु प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको हातबाट दीक्षित हुने डिन लिलाधर तिवारीले जानकारी दिए । उनका अनुसार सन् २०२२, २०२३/२०२४ को पासआउट ब्याचबाट ३ हजार ८ सय ४१ जना दीक्षित हुनेछन् । दीक्षान्त समारोहमा सहभागी हुन ८ सय ८५ जनाले मात्र फाराम भरेका तिवारीले बताए ।
स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ लाई कुलपति पदक, स्नातक तहमा उत्कृष्ट भएका ३ लाई उपकुलपति पदक पाउनेछन् ।
प्रकाशित समय : २०:०६ बजे



















