काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लोसपा रौतहटको संयोजकमा भरत साह मनोनयन

3.4K
shares

महन्थ ठाकुर नेतृत्वको लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले राैतहटको जिल्ला संयोजकमा भरत साहलाई मनोनयन गरेको छ। लाेसपाकाे अन्तरिम विधान प्रथम संशोधन अनुसार पुरानो जिल्ला संयोजकको स्थानमा भरत साहलाई मनोनयन गरिएको हो।

पार्टी केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साहलाई संयोजकको जिम्मेवारी दिएको जनाएका छन्। भरत साह जिल्ला सदरमुकाम गाैरका स्थानीयबासी हुन्। उनी २०७४ को स्थानीय निर्वाचनमा गौर नगरपालिका-१ का वडा अध्यक्षमा निर्वाचित भएका थिए।

लोसपाले यसअघि स्थानीय कटहरिया नगरपालिका-२ का रामप्रवेश दास तत्मालाई केन्द्रीय सदस्यमा मनाेनित गरेको थियो।