काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनआइसी एसियाकाे साधारण सभा फागुन २२ गते

2.65K
shares

एनआइसी एसिया बैंकले फागुन २२ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पेश गर्ने भएको छ । साधारण सभा बिहान ९ बजे आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बस्ने छ ।

यसैगरी, साधारण सभाले बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नेछ । साथै, जारी तथा चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ ।

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआइसी एसिया लघुवित्त वित्तीय संस्था र एनआइसी एसिया क्यापिटलको आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण पारित गर्नेछ । आर्थिक वर्ष २०८१–८२ को लागि बाहय लेखापरीक्षक पिकेएफटिआर उपाध्या एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त गरी पारिश्रमिक तोक्ने जनाएको छ ।