काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सशस्त्र प्रहरीको बाहिनीपति कपमा सुर्खेत पहिलो

4.01K
shares

सशस्त्र प्रहरी बल महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको आयोजनामा सम्पन्न ‘बाहिनीपति कप–२०८१’ मा नं ३२ गण हेडक्वाटर सुर्खेतले पहिलो स्थान प्राप्त गर्न सफल भएको छ ।

सुर्खेतले १५ स्वर्ण पदकसहित २६ पदक हासिल गरी शिल्डसहित पहिलो अङ्क ल्याउन सफल भएको हो । वीरेन्द्रनगरस्थित मुख्यालयमा भएको खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका गणहरुबाट छ वटा टिम सहभागी भएका थिए ।

यही फागुन १३ गतेदेखि १६ गतेसम्म सञ्चालित तेस्रो बाहिनीपति कप–२०८१ आज समापन भएको छ । कूल १६ विधामा आयोजना गरिएको प्रतियोगितामा कर्णाली प्रदेशअन्तर्गतका सशस्त्र प्रहरी बलका गण तथा गुल्म हेडक्वाटरबाट एक सय ३५ जना सशस्त्र प्रहरीले भाग लिएका थिए ।

उक्त प्रतियोगितामा भलिबल, फुटबल, कबड्डी, टेबलटेनिस, दौडलगायत खेल सञ्चालन गरिएको थियो । महेश्वरी बाहिनी मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश थापाले विजयी भएका सबैलाई बधाई दिँदै खेलकुदले देश भक्तिको भावना उजागर गर्ने बताए ।