गृहपृष्ठ प्रधान सेनापतिद्वारा सकलदर्जालाई सम्बोधन
प्रधान सेनापतिद्वारा सकलदर्जालाई सम्बोधन
प्रधान सेनापति अशोकराज सिग्देलले महाशिवरात्रि तथा २६२औँ सेना दिवसको अवसरमा जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गरेका छन ।
उनले आज नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा, सेनामा कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना व्यक्त गरेका थिए। सम्बोधनको क्रममा उनले नेपाली सेनाले निर्वाह गर्दै आईरहेका प्रकृति संरक्षण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना लगायतका जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले पूरा गर्दै नेपाली सेनालाई हरेक क्षेत्रमा उत्कृष्ट र अब्बल बनाइराख्न योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो । यस अघि आजै आयोजित बेग्लाबेग्लै कार्यक्रमहरूमा कर्तव्यपालनाको सिलसिलामा जीवन उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा प्रधान सेनापतिले छाउनीमा रहेको वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा रहेको सहिद स्मारकमा श्रद्धासुमन अर्पण गरेका थिए । त्यसैगरी छाउनीस्थित वीर स्मारकमा आयोजित कार्यक्रममा प्रधान सेनापतिले वीरगति प्राप्त सैनिकका परिवारजनहरूलाई सम्मान समेत गरेका थिए ।
प्रकाशित समय : २०:४४ बजे



















