global ime bank Long Banner Ad

गृहपृष्ठ कुनै पार्टीसँग एकताको सम्भावना छैन-नेपाल

कुनै पार्टीसँग एकताको सम्भावना छैन-नेपाल

कुनै पार्टीसँग एकताको सम्भावना छैन-नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन् ।

जारी दोस्रो केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी एकताबारे कुप्रचारको भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।

केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव बर्षमान पुनले एकीकृत समाजवादीसँग चाँडै एकता हुने बताएका थिए । त्यसको जवाफ दिँदै अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टीसँग जोडेर अनेक प्रचार आउने गरेका छन्, कहिले पार्टी एमालेसँग मिल्ने भयो भनेर, कहिले माओवादीसँग मिल्न जाने भयो भनेर,’ अध्यक्ष नेपालले भने, ‘यस्ता कुप्रचार भइरहेका छन्, कुनै पनि कुप्रचारको भ्रममा पर्नुपर्ने आवश्यकता छैन।’

उनले आफ्नो पार्टीलाई बलियो बनाएर लैजाने भन्दै पार्टी सशक्त बनाउन सकेमात्र क्रान्तिकारी धारको बलियो शक्ति बन्ने बताए ।

प्रकाशित समय : १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु