global ime bank Long Banner Ad

गृहपृष्ठ ओडिशामा अलपत्र नेपाली विद्यार्थीले यो हटलाइन नम्बरमा सम्पर्क गर्न सक्ने

ओडिशामा अलपत्र नेपाली विद्यार्थीले यो हटलाइन नम्बरमा सम्पर्क गर्न सक्ने

ओडिशामा अलपत्र नेपाली विद्यार्थीले यो हटलाइन नम्बरमा सम्पर्क गर्न सक्ने

भारतको ओडिशास्थित भुवनेश्वर-कटक प्रहरी आयुक्तालयले अलपत्र परेका नेपाली विद्यार्थीका लागि हटलाइन नम्बर सार्वजनिक गरेको छ । आयुक्तालयले ‘८२८०३३८३०१’ नम्बरको हटलाइनमार्फत विद्यार्थीहरूले कुनै पनि समस्या परेमा चौबिसै घण्टा सम्पर्क गर्न सक्ने जनाएको छ ।

हालै केआईआईटी विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालले आत्महत्या गरेपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको छ ।

सिद्धान्तले प्रहरीलाई दिएको जानकारी अनुसार सोही विश्वविद्यालयका बीटेक (मेकानिकल) का विद्यार्थी २१ वर्षीय अद्विक श्रीवास्तवले प्रकृतिलाई दुर्व्यवहार गरेका थिए । यसैकारण प्रकृतिले आत्महत्या गरेको सिद्धान्तको आरोप छ ।

प्रकाशित समय : १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु