गृहपृष्ठ लिग-२ मा ओमान ६५ रनमै अलआउट, अमेरिकाको ११औँ जित
लिग-२ मा ओमान ६५ रनमै अलआउट, अमेरिकाको ११औँ जित
आइसिसी विश्वकप लिग–२ एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध ओमान ६५ रनमै अलआउट भएको छ ।
मंगलबार भएको खेलमा अमेरिकाले दिएको १ सय २३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टिम ओमान २५.३ ओभरमा ६५ रनमै अलआउट भएको हो । योसँगै ओमानले ५७ रनको पराजय बेहोर्यो ।
उसका लागि हम्मद मिर्जाले ४३ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
अमेरिकाका लागि नोस्थुश केन्जिगेले ७.३ ओभरमा एक मेडनसहित ११ रन दिएर सर्वाधिक ५ विकेट लिए । त्यसअघि अल अमरात क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको मौका पाएको अमेरिका ३५.३ ओभरमा १ सय २२ रनमै अलआउट भयो । उसका लागि मिलान्द कुमारले ८३ बलमा ६ चौकासहित अविजित ४७ रन बनाए ।
बाँकी ब्याटरले भने सम्झनालयक प्रदर्शन गर्न सकेनन् । ओमानका लागि शाकील अहमदले ८.३ ओभरमा तीन मेडनसहित २० रन दिएर सर्वाधिक तीन विकेट हात पारे ।
प्रकाशित समय : १८:०८ बजे


















