गृहपृष्ठ अध्यादेशको विपक्षमा मतदान गर्ने नेकपा एसको निर्णय
अध्यादेशको विपक्षमा मतदान गर्ने नेकपा एसको निर्णय
नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले संसद्लाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नु गलत भएको भन्दै त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद् नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत रहेको बताए।
बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता र आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजनासहितका एजेन्डा पारित गरिएको ज्वालाको भनाइ छ।
प्रकाशित समय : १७:५३ बजे


















