काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार

4.18K
shares

तााप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ७० वर्ष माथिका आंशिक वा पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गर्ने भएको छ ।

पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि, इटहरीको सहकार्यमा बुधबारदेखि दन्त परीक्षण गरी पूर्ण वा आंशिक रूपमा दाँत उपलब्ध गराइने निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले जानकारी दिए । दक्ष दन्त चिकित्सकमार्फत सेवा प्रदान गरिने पालिकाले जनाएको छ ।

पालिकाले प्रत्येक वडामा शिविर सञ्चालन गर्ने जनाएको छ । फागुन ७ गते वडा नं १ (निघुरादिन), ८ गते वडा २ (फूलबारी), ९ गते वडा ३ (हाङपाङ) मा सेवा प्रदान गरिनेछ । त्यसैगरी, फागुन १० र ११ गते वडा ४(चाँगे) र वडा ५ कार्यालय भवनमा शिविर सञ्चालन हुनेछ ।

लाभग्राहीले नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।