नेप्से सूचक ८.०२ अंकले बढ्यो
वि.सं.२०८१ फागुन ६ मंगलवार ११:४३
shares

साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.०२ अंकले बढेको छ । यससँगै सूचक २७३५.९४ को विन्दुमा कायम भएको छ ।
मंगलबार प्रि ओपन सेसनमा १ करोड ५० लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८२ कम्पनीको २३ हजार ९५३ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १५१ वटा कारोबार भएको छ ।

























